चितवन विशेष

रत्ननगरको लाइसियम स्कुलमा प्रतिभाको खोजी कार्यक्रम

Banner

चितवन, फागुन ३-

रत्ननगर नगरपालिका–१ निपनीमा अवस्थित लाइसियम इन्टरनेशनल मोडल स्कुलले शुक्रबार प्रतिभाको खोजी कार्यक्रम गरेको छ ।

विद्यार्थीका कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीमा प्रतिभा प्रष्फुटन गराउन सो कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । ४४ जना प्रतियोगीहरु सम्मिलित उक्त प्रतियोगिता ¥याम्प वाक, पचिय, प्रतिभा उजागर र प्रश्नउत्तर गरी चार विधामा गरिएको मूल्यांकनमा १० प्रतियोगीहरु विभिन्न विधामा विजेता भएका थिए । प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत स्पर्षा गुरुङ विजेता बनेकी थिइन् भने खुसी तिमिल्सिना–फष्ट रनर अप, सृष्टी ढकाल–सेकेन्ड रनर अप, अंकिता घिमिरे– उत्कृष्ट क्याट वाक, साधना राउत– उत्कृष्ट पोशाक, दिपा बस्नेत– उत्कृष्ट मुस्कान, लविन भुजेल– उत्कृष्ट आत्मविश्वास, समृद्धि पाण्डे – उत्कृष्ट अनुशासन, श्रद्धा ढुंगाना– उत्कृष्ट सृजनात्मकता र दीक्षा पाठक– उत्कृष्ट व्यक्तित्व घोषित भएका थिए । विद्यालयका शिक्षक अनिल महतो र पारु चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रवन्ध निर्देशक सन्तोष पन्तले विजेता विद्यार्थीलाई पुरस्कृत गर्दै सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>