चितवन विशेष
भरतपुरको निलगिरी टोलमा आमा समूह गठन

चितवन, फागुन ३-
भरतपुर महानगरपालिका–११ निलगिरि जागृति टोल विकास संस्थाले भेलाले मधुमाया अधिकारी देवकोटाको अध्यक्षतामा १३ सदस्यीय आमा समूह गठन गरेको छ ।
समूहको उपाध्यक्षमा विद्यादेवी सुवेदी, कोषाध्यक्षमा गंगा पाखरेल, सचिवमा चन्दिरा पौडेल, सहसचिवमा रचना न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा माया देवकोटा, डोलकुमारी खनिया, सरला घिमिरे, श्रीजना घिमिरे, कासिरा मिया, सरस्वती पौडेल, अम्विका अधिकारी र वनिता दवाडी रहेका छन् । हिमालय आधारभूत विद्यालयको परिसरमा भएको भेलाले नेतृत्व विकास, सीपमूलक तालिम र सरसफाई, सामाजिक क्रियाकलापमा सहभागिता गर्ने उद्देश्यले समाबेशी समूह गठन गरिएको टोलका अध्यक्ष हरिश्चन्द्र सुवेदीले बताए ।
टोलको उपाध्यक्ष देवी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव लिलबहादुर हमालले सञ्चालन गरेका थिए । आजै बसेको पहिलो बैठकले वडा कार्यालयबाट नेतृत्व विकास तालिम माग गर्ने निर्णय गरेको छ । समितिले आवश्यकता अनुसार दुई जना थप गरि १५ सदस्यीय बनाउने सहमति भएको छ ।
























