चितवन विशेष
चितवनकी नायिका महिमाको दुर्घटनामा मृत्यु,देवघाटमा अन्त्येष्टि

चितवन,फागुन १-
कलाकार महिमा सिलवालको निधन भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा बसको ठक्करबाट बुधबार राती कलाकार सिलवालको निधन भएको हो ।
भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी सिलवालको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बसको ठक्करबाट निधन भएको हो । बसले सिलवाल सवार बा ९८ प ७०५८ नंको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा महिमाकी दिदी २२ वर्षीया शर्मिला सिलवालको समेत निधन भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकोमा घाइते महिमा सिलवालको उपचारको क्रममा मृत्यु भएको हो भने घाइते शर्मिला सिलवालको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । बहिनीको ‘इन्गेजमेन्ट’का लागि चितवन आउँदै गरेको बेला दुर्घटना भएको थियो । उनको बिहीबार देवघाटमा अन्त्येष्टि गरिएको छ ।
























