चितवन विशेष
सप्तगण्डकी क्याम्पसमा चकलेट बाँडेर मनाइयो जनयुद्ध दिवस
०

चितवन, फागुन १-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आज जनयुद्ध दिवस मनाइएको छ ।
विगतमा नेकपा माओवादीले फागुन १ गते हिंसात्मक विद्रोह सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाइएको हो । क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठनका नेताहरु हरि आचार्य र समिर सुवेदीले सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई रातो टिका लगाइदिँदै चक्लेट बाँडेर शुभकामना आदानप्रदान गर्दै जनयुद्ध दिवस मनाए । बिहान सबेरैदेखि गेटमा बसेर विद्यार्थी नेताहरुले शुभकामना आदानप्रदान गरेका थिए ।
जनयुद्ध दिवस नेपाली राजनीतिक इतिहासको एउटा महत्वपूर्ण दिन भएकोले सो स्मरणमा कार्यक्रम गरिएको विद्यार्थी नेता आचार्यले बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























