चितवन विशेष

चलचित्र पत्रकार संघ चितवनमा अधिकारीको नेतृत्व

Banner

चितवन, माघ २९-

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौँ अधिवेशनले रवि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

आज भएको अधिवेशनले नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्नुका साथै दुई जना सदस्य मनोनित गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिवमा आनन्द पोखरेल, कोषाध्यक्षमा रविन सुवेदी, सहसचिवमा सागर ढुंगाना रहेका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यहरुमा तुलमान गुरुङ, हेमराज रिमाल, गीता गुरुङ र विवेक पोख्रेल निर्वाचित हुनुका साथै सुदन पौडेल र सरु चापागाईंलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ । निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले अध्यक्ष रवि अधिकारी र सुशील पन्तलाई केन्द्रीय प्रतिनिधिको रुपमा छनौट समेत गरेको छ ।

जिल्ला अधिवेशनका लागि आएका केन्द्रीय प्रतिनिधि चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष (संगठन) दिनेश सिटौलाले चलचित्र पत्रकारितालाई मर्यादित बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए । चलचित्र पत्रकारितामा विकृति भित्रिएको उल्लेख गर्दै सिटौलाले पेसाबाट त्यस्ता विकृति हटाउनका लागि सबै एकजुट भएर अगाडि बढ्न सुझाव दिए । बुधबार गठित नयाँ कार्यसमितिले चाँडै नै चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम ल्याउने अध्यक्ष रवि अधिकारीले बताए । पेसालाई व्यवसायिक र मर्यादित बनाउनका लागि चलचित्र पत्रकारको लागि कार्यशाला तथा विभिन्न गोष्ठीहरुको आयोजना गरिने अधिकारीले बताए । संघले गर्ने कामको बारेमा आगामी बैठकबाट निर्णय गरेर अगाडि बढिने अधिकारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>