चितवन विशेष

चितवनमा क्यान इन्फोटेक मेला सकियो, ८० हजारले गरे अवलोकन

Banner

चितवन, माघ २८-

चितवनमा भएको क्यान इन्फोटेक मेलामा ८० हजार बढीले अवलोकन गरेका छन् ।

गत माघ २४ गतेबाट कम्प्युटर एशोसिएसन महासंघ क्यान चितवनले गरेको मेलाको समापन भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहाले गरेकी हुन् । मेलाको पाँचौ दिन आज रोबोटिक्सबीचको फुटबल प्रतियोगिता सम्पन्न भएसँगै पुरस्कार वितरण कार्यक्रम गरिएको कम्प्युटर एशोसिएसन महासंघ वागमती प्र्रदेशका उपाध्यक्ष एवम् प्रचारप्रसार समितिका संयोजक विष्णु लामिछानेले जानकारी दिए ।
चितवनको समृद्धि सूचना प्रविधि भन्ने उद्देश्यकासाथ सञ्चालन भएको मेलामा साइबर सुरक्षासम्बन्धी अन्तरक्रिया, आईटीसम्बन्धी अन्तक्र्रिया कार्यक्रम, डिजिटल नेपाल प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आईटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सेमिनार आयोजना गरिएको थियो ।

मेलाको अन्तिम दिन आज सम्पन्न भएको रोबोटिक्सबीचको फुटबल प्रतियोगितामा वाल्मीकि कलेजका दुई समूह पहिलो र दोस्रो भए भने अक्सफोर्ड कलेज तेस्रो भएको लामिछानेले जानकारी दिए । कम्प्युटर एशोसिएसन क्यान चितवनका अध्यक्ष सन्तोषजनक भुषालको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहा, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष भोजराज कौडाल, क्यानका केन्द्रीय सदस्य भानु शर्मालगायतले मन्तव्य राखेका थिए ।

प्रभु पे क्यान इन्फोटेक २०२० इन एसोसिएसन विथ वर्डलिङ्क नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>