चितवन विशेष
चितवन कारागारमा क्यान्सर पिडित कैदीबन्दीको मृत्यु
०

चितवन,माघ २८-
चितवन जिल्ला कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । मानव तस्कर मुद्दामा कैद भोग्दै आएका भारत, सिद्धार्थनगरका ६२ वर्षीय जफर अहमदको क्यान्सरका कारण मृत्यु भएको हो ।
कारागार प्रमुख कमलप्रसाद काफ्लेका अनुसार उनको गए राति मृत्यु भएको हो । मानव तस्कर मुद्दामा उनलाई अदालले १० वर्ष कैद सजाय र रु ५० हजार जरिवाना तोकेको थियो । विसं २०७३ साउन १५ गते पक्राउ परेका जफरलाई क्यान्सरको उपचारका लागि कात्तिक ९ गते भरतपुर कारागारमा ल्याएको काफ्लेले जानकारी दिनुभयो । क्यान्सर अस्पताल नजिकै भएको हुँदा अन्य जिल्लाबाट समेत क्यान्सर लागेका कैदीबन्दीलाई जिल्ला कारागार भरतपुरमा ल्याइने गरेको काफ्लेले बताउनुभयो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























