चितवन विशेष
जसले क्रिकेट रंगशाला निर्माणका लागि १ करोड बढि सहयोग गरे
०

चितवन,माघ २८-
चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रगंशालामा दुई जनाले व्यक्तिगत रुपमा १ करोड बढि सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र चितवनका जग्गा व्यवसायी बामदेब गौलीले सो सहयोग गरेका हुन् । गौलीले १ करोड १२ लाख बाराबरको जग्गा दान गरेका हुन् ।
भरतपुर महानगरपालिका ११ मा रहेको ७२ लाख बराबरको जग्गा र रत्ननगर नगरपालिका १० जमुनापुरमा रहेको ४० लाख बराबरको जग्गा गौलीले दान गरेको बाग्मती प्रदेशका सांसद तथा धनधान्याचल महोत्सव संयोजक विजय सुवेदीले जानकारी दिए ।
रंगशाला निर्माणका लागि ढकालले १ करोड सहयोग गरेका हुन् । देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न आफूले सहयोग गरेको उनले बताए । थोरै भएपनि सबैले सहयोग गरे रंगशाला तोकिएकै मितिमा सम्पन्न हुने उनको विश्वास छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























