चितवन विशेष

चितवन क्यान इन्फोटेकमा साइबर सुरक्षाबारे बहस

Banner

चितवन, माघ २७-

चितवनमा जारी सूचना प्रविधि मेलाको चौथो दिन सूचना प्रविधिको जानकारी तथा अवलोकनलको लागि उत्साहजनक सहभागिता रहेको छ ।
गत माघ २४ गतेबाट सुरु भएको मेलाको चौथो दिन अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा साइबर सुरक्षा सेमिनार सम्पन्न भएको छ भने रोबोटिक्सबीचको फुटबल प्रतियोगिता पनि सुरु भएको छ । आज भएको नृत्य प्रतियोगितामा स्मल हेभेन आँपटारी पहिलो, शक्तिखोर इभर भिजन दोस्रो, सनराइज स्कुल भरतपुर तेस्रो र शक्तिखोर इभर भिजनकी कक्षा २ मा पढ्ने छात्रा प्रकृति रेग्मी सान्त्वना भएको कम्प्युटर एशोसियसन महासंघ वागमती प्रदेशका उपाध्यक्ष विष्णु लामिछानेले जानकारी दिए ।

त्यस्तै यता आजनै सूचना प्रविधिको बढ्दो प्रयोेगसँगै भइरहेको अपराधिक क्रियाकलाप तथा सुरक्षा चुनौतीहरुलाई ध्यानमा राख्दै साइबर सुरक्षासम्बन्धी सेमिनार भएको छ । सेमिनारमा आफू कार्यरत संघसंस्था तथा प्रतिष्ठानलाई कसरी बचाउन सकिन्छ भन्नेबारेमा जानकारी दिइएको थियो । उक्त कार्यक्रममा कम्प्युटर शिक्षक, बैंक, विद्यार्थी एवम् सहकारीकर्मीको सहभागिता रहेको क्यान चितवनका अध्यक्ष सन्तोषजनक भुषालले जानकारी दिए ।

उक्त कार्यक्रममा थ्राक वानका विज्ञहरु विशाल पौडेल, सुमित मानन्धर, प्रशान्त धेवाजुलगायतले प्रशिक्षण दिएका थिए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी प्रमुख अतिथि रहेको कार्यक्रममा क्यानका केन्द्रीय सदस्य भानु शर्माले मनतव्य राखेका थिए ।  मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् ।

९० स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ३० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ तोकिएको छ ।  प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको सचिव टेकलाल भुषालले जानकारी दिए । संस्थाका अध्यक्ष भुषालका अनुसार मेलाको भोलि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले समापन गर्दै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>