चितवन विशेष
बुद्धिमाया र विनोदले पाए ह्विलचियर

चितवन, माघ २७-
चितवनमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको इन्नर ह्विल क्लब अफ नारायणीले दुई जना शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर सहयोग गरेको छ ।
क्लबले भरतपुरकी ६५ वर्षीय बुद्धिमाया कुमाल र भरतपुरकै ३२ वर्षीय विनोद कार्कीलाई एक÷एक थान ह्विलचियर वितरण गरिएको हो । ६५ वर्षीय बुद्धिमाया प्यारालाइसिसका कारणले हिड्डुल गर्न सक्दिनन् भने विनोद जन्मजात नै अपाङ्ग हुन् ।
सो ह्विलचियर सो संस्थाका सदस्य विनिता पण्डित र निर्मला बानियाँको विशेष आर्थिक सहयोगमा वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्ट र क्लबकी अध्यक्ष अन्जना श्रेष्ठले दुवैजनालाई एकैसाथ ह्विलचेयर वितरण गरेका हुन् ।
ह्विलचियर वितरण कार्यक्रममा अपाङ्ग जागरण चितवनका अध्यक्ष अम्विकालाल श्रेष्ठले ‘अझै पनि अपाङ्गमैत्री बाटो , सार्वजनिक शौचालय नभएको गुनासो गरे ।’ सार्वजनिक स्थलमा अपाङ्गमैत्री संरचना नहँुदा सहजरुपले हिडडुल गर्न सक्ने अवस्था नरहेको बताए । जिल्ला ट्राफिक प्रमुख भट्टले अपाङ्गता सबैको साझा सवालको विषय बन्नुपर्ने बताए ।
सार्वजनिक यातयातमा अझै पनि ह्विलचियर या अपाङ्ग भएका व्यक्तिलाई देख्दा गाडी नरोक्ने समस्या रहेको बताउँदै यस्ता समस्यालाई निगरानी र दुव्र्यवहार गर्नेलाई कडा कारबाही गरिने बताए ।
























