चितवन विशेष

क्रिकेट रंगशालालाई ग्रीनल्याण्ड स्कुलको सहयोग

Banner

चितवन,माघ २७-

ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरले चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । रंगशाला निर्माणका लागि भरतपुर १२ स्थित ग्रीनल्याण्ड स्कुलले एक लाख एक हजार एक सय ११ रुपैँया सहयोग गरेको हो । स्कुलको रजत महोत्सव समापन समारोहको अवसर पारेर रंगशालालाई आर्थिक सहयोग गरिएको हो । उक्त रकम स्कुलकी प्राचार्य इन्दिरा कार्कीले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरिन् ।

रकम हस्तान्तरण गर्दै प्राचार्य कार्कीले ग्रीनल्याण्ड पब्लिक स्कुलले पठन पाठनसँगै खेलकुदलाई पनि सधैं प्राथमिकता दिने बताईन् । उनले बिद्यालय स्तरबाट नै खेलकुदलाई प्राथमिकतामा राखे यस क्षेत्रको बिकासको गर्न सकिने बताईन् । चितवनमा रंगशाला निर्माण भईरहदा यहाँका विद्यार्थीहरुले नै भोलीका दिनमा खेलाडी रुपमा लाभ लिने उनको भनाई थियो । यस्तै उनले यो महाअभियानको अभियन्ता बन्न सबैलाई आग्रह गरिन् ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले बिद्यालयहरुबाट नै खेलाडी उत्पादन हुने र रंगशालामा तिनै खेलाडीहरुले खेल्ने अवसर पाउने भएकोले चितवनका सबै बिद्यालयलाई यसको अपनत्व ग्रहण गर्न आग्रह गरे । उनले ग्रीनल्याण्ड जस्तै जिल्लाका अन्य बिद्यालयहरुलाई पनि यो अभियानको अभियन्ता बन्न आग्रह गरे ।

यसैबीच ग्रीनल्याण्ड पब्लिक स्कुलको रजत महोत्सव सम्पन्न भएको छ । रजत महोत्सवको अवसरमा स्कुलले जिल्ला स्तरिय अन्तर बिद्यालय फुटसल, हाजिरी जवाफ, बिज्ञान प्रदर्शनी, भूतपुर्व विद्यार्थी पुनर्मिलन समारोह तथा एल्मुनाइ एसोसियसन गठन, रंगशालालाई सहयोग हस्तान्तरण, साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

रजत महोत्सवको अवसरमा स्कुलले शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका ५ जना व्यक्तीहरुलाई सम्मान गरेको छ । प्यापसन केन्द्रीय सदस्य वेल बहादुर गुरुङ, बाग्मती प्रदेश प्याप्सन उपाध्यक्ष देशबन्धु अधिकारी, महानगर प्याप्सन अध्यक्ष लेखनाथ खनाल, जिल्ला प्याप्सन उपाध्यक्ष सिता रिजाल र जिल्ला प्याप्सन सदस्य शारदा ढकाललाई स्कुलले सम्मान गरेको हो ।

यस्तै स्कुलका सल्लाहकार प्रदीप मरहट्ठा, पूर्व महानिर्देशक डाक्टर यशोवद्र्धन प्रधान, सत्या प्रधान, समाजसेवी लेखराज पन्त (हरि) र स्कुलका शिक्षक तथा कर्माचारीहरुलाई पनि सम्मान गरिएको थियो । रजत महोत्सव समापन कार्यक्रममा स्कुलकी प्राचार्य इन्दिरा कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा प्रमुख अतिथीमा स्वास्थ्य विभागका पूर्व महानिर्देशक डाक्टर यशोवद्र्धन प्रधान, विशिष्ठ अतिथी भरतपुर १२ का वडाध्यक्ष नरेन्द्र कन्दनङ्वा लगायतको उपस्थिती रहेको थियो । स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रम विद्यालय व्यवस्थापना समितिका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>