चितवन विशेष

अनेरास्ववियु सप्तगण्डकीले बनायो कलेज अगाडिको सडकमा जेब्रा क्रसिङ

Banner

चितवन,माघ २६-

अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पसले आफ्नो कलेज अगाडिको सडकमा जेब्रा क्रसिङ बनाएको छ । जेब्रा क्रसिङ नहुँदा विद्यार्थीलाई आवतजावतमा समस्या हुने गरेको थियो । सडक निर्माण भएर पनि जेब्रा क्रसिङ नहुँदा दुर्घटना समेत बढेपछि विद्यार्थी आफैले जेब्रा क्रसिङ बनाएका हुन् ।

अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष हरी आचार्यको नेतृत्वमा विद्यार्थीहरुले जेब्रा क्रसिङ बनाएका थिए । विद्यार्थी संगठनहरु संधै आन्दोलन मात्र होइन रचनात्मक काम पनि गर्छन भन्ने उदाहरण पेश गरेको अध्यक्ष आचार्यले बताए । उनले अनेरास्ववियु सप्तगण्डकीले निरन्तर विद्यार्थीका हक अधिकारका विषयमा आवाज उठाउँदै आइरहेको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>