चितवन विशेष
क्रिकेट रंगशालामा महायज्ञः बिजय ग्रुपले दियो १२ लाख ६८ हजारको जग्गा
०

चितवन,माघ २६-
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवमा जग्गा दान गर्ने दाताहरुको सङख्या बढ्दो छ । भरतपुर महानगरपालिका २१ को बिजय गु्रपले १२ लाख ६८ हजार बराबरको १२ धुर जग्गा दान गरेको छ । गु्रपले भरतपुर २७ मा रहेको उक्त जग्गा दान गरेको हो ।
रंगशालामा जारी धनधान्यान्चलमा आइतबार पनि बिहानैदेखी दाता तथा भक्तजनहरुको भिड लागेको छ । ५० करोड उठाउने लक्ष्यका साथ जारी धनधान्यान्चल महोत्सव २७ गतेसम्म चल्नेछ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























