चितवन विशेष

लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियोः नेता पौडेल

Banner

चितवन,माघ २६-

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गर्नुभयो । नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताउनुभयो । यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।”

फरक प्रसङ्गमा उहाँले पार्टीभित्र वैचारिक द्धन्द्ध भए पनि अहिले केही हदसम्म समाधान भएको बताउनुभयो । आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ ।” राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उहाँले सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको बताउनुभयो । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>