चितवन विशेष
गच्छदारलाई फसाएको भन्दै चितवनमा नेविसंघको राँके जुलुस

चितवन, माघ २५
नेपाल विद्यार्थी संघ चितवनले आज (शनिबार) नारायणगढमा राँके जुलुस निकालेको छ ।
अपरान्ह ६ बजेको समयमा लायन्स चोकबाट निश्किएको जुलुस पुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कम्युनिष्ट सरकारको इशारामा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान चलेको भन्दै विरोध स्वरुप राँके जुलुस निकालेको नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालले जानकारी दिए ।

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई ललिता निवास प्रकरणमा सुनियोजित ढंगले फसाईएको र तत्कालिन सरकारका प्रधानमन्त्री माधव कुमार नेपाल र नेकपा महासचिव विष्णु पौडेललाई निर्दोष सावित गरेकोले बाध्य भएर विरोध प्रदर्शन गर्नु परेको नेविसंघले जनाएको छ । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
राँके जुलुसमा नेपाली काँग्रेसका महासमिति सदस्य राजन कार्की, नेविसंघका महामन्त्री दीपक भट्टराई, तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार, नेविसंघ चितवनका उपाध्यक्षहरु प्रकाश भण्डारी, राजन दाहाल, विनिता चापागाई, अनमोल अधिकारी, दिनेश पौडेल, सचिव गणेश रिजाल, सहसचिव सरोज श्रेष्ठ, जिल्ला नेताहरु श्रीकृष्ण लामिछाने, रविन क्षेत्रीलगायत सहभागि रहेका थिए ।


























