चितवन विशेष

क्रिकेट रंगशालामा महायज्ञः शनिवार एकै दिन उठ्यो १५ करोड

Banner

चितवन,माघ २५-

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा आज (शनिबार) अहिलेसम्मकै धेरै अर्थिक सहयोग संकलन भएको छ । सातौ दिनमा आइपुग्दा चितवनको रामपुरमा निर्माणाधिन रंगशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा आज मात्रै १५ करोड बढी सहयोग संकललन भएको बाग्मती प्रदेशका सांसद समेत रहेका मुल आयोजक समितिका संयोजक बिजय सुवेदीले जानकारी दिए । यो सँगै धनधान्याचलमा अहिलेसम्म करिब ३० करोड पुगेको छ ।

शनिबार रंगशाला निर्माणका लागि जारी धनधान्याचल मार्फत बाग्मती प्रदेश सरकारले थप १० करोड सहयोग घोषणा गरेको छ । आज धनधान्याचल स्थल आईपुगेका बाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले थप १० करोड सहयोग घोषणा गरे । यसअघि शुक्रबार बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुललाले प्रदेश सरकारको तर्फबाट ५ करोड सहयोग घोषणा गरेका थिए । यो सँगै प्रदेश सरकारबाट रंगशाला निर्माणका लागि १५ करोड रुपैया सहयोग घोषणा भएको छ ।

सहयोग घोषणा गर्दै मुख्य मन्त्री पौडेलले निर्माणाधिन रंगशाला बाग्मती प्रदेश र समग्र देशकै गौरवको बिषय भएको बताए । उनले यो अभियानमा प्रदेश सरकारको सधैं सहयोग रहिरहने पनि बताए । यस्तै उनले रंगशाला निर्माण सम्पन्न नहुँदासम्म प्रदेश सरकारको तर्फबाट आवश्यकता अनुसार सहयोग गरिरहने प्रतिबद्दता गरे ।

आज नै नारायणगढ स्थित बालकुमारी कलेजले १५ लाख सहयोग गरेको छ । कलेजका प्राचार्य जगदिश्वर खनालले उक्त रकम घोषणा गरे । यस्तै सांसद उमेश श्रेष्ठले ११ लाख ५१ हजार, इच्छाकामना गाँउपालिकाले ११ लाख ११ हजार एक सय ११, काठमाडौं निवासी योग प्रसाद पण्डितबाट १० लाख १ हजार, सप्तगण्डकी बहुमुखी क्याम्पसले ६ लाख एक हजार एक सय ११ सहयोग गरेका छन् ।

उता भरतपुर सरकारी अस्पातलका सम्पूर्ण कर्माचारीको तर्फबाट एक दिनको तलब बराबर रु ५ लाख ७३ हजार ९ सय ७, काठमाडौं वान हार्ट कलेज तथा स्कुलबाट ५ लाख ५ हजार ५ सय ५५, भरतपुर एक निवासी उमा शंकर अग्रवालबाट ५ लाख ५५ हजार ५ सय ५५, ललितपुर निवासी शारदा अधिकारीबाट ५ लाख ५५ हजार ५ सय, कैलाश पेट्रोल पम्पबाट ५ लाख सहयोग प्राप्त भएको छ ।

महेन्द्र लाल प्रधानबाट ४ लाख ५५ हजार, स्काई राइडर हाइयर सेकेन्डरी स्कुल रत्ननगर बाट ३ लाख २५ हजार ५ सय ५५, श्री मेडिकल एण्ड टेक्निकल कलेजबाट ३ लाख, ताराकुन्ज सहकारी संस्थाबाट ३ लाख सहयोग प्राप्त भएको छ ।

यस्तै आज बिभिन्न संघ संस्था, आमा समुह, टोल सुधार समिति, सहकारी संस्था तथा व्यक्तीहरुले पनि सहयोग गरेको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिए । अन्य दिनको तुलनामा आज महोत्सवमा भक्तजनहरुको घुँइचो लागेको थियो । आईतबार सहयोगी दाताहरु अझै बढ्ने मुल आयोजक समितिले जनाएको छ ।

एक दिन थप

रंगशालालाई आर्थिक सहयोग जुटाउन जारी धनधान्याचल महोत्सव एक दिन थप गरिएको छ । धनधान्याचलमा सहयोग गर्ने दाताहरु बढ्दै गएकोले एक दिन थप गरिएको मुल आयोजक समितिका संयोजक बिजय सुबेदीले जानकारी दिए । अब २६ गतेसम्म हुने भनिएको धनधान्याचल २७ गतेसम्म चल्ने छ । धनधान्याचलको २७ गते भव्य कार्यक्रमकाबीच समापन गरिने संयोजक सुबेदीले बताए ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>