चितवन विशेष

सप्तगण्डकी क्याम्पसद्वारा क्रिकेट रंगशालालाई ६ लाख बढी सहयोग

Banner

चितवन, माघ २५

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले रामपुरको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सञ्चालित महायज्ञमा छ लाख रुपैयाँ बढी सहयोग गरेको छ ।

क्याम्पस प्रमुख मणिराज महतोको नेतृत्वमा क्याम्पस सञ्चालन समिति, प्राध्यापक तथा कर्मचारीहरुको टोली रंगशालामा पुगेर ६ लाख एक हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको हो । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा, उपाध्यक्षहरु रमाकान्त सापकोटा र बालकृष्ण पौडेल, पूर्वक्याम्पस प्रमुख खेमनारायण सापकोटा, सहायक क्याम्पस प्रमुखहरु कृष्णप्रसाद घिमिरे, खिमलाल दाहाल, नारायण रेग्मी, कर्मचारीहरु, विभागीय प्रमुखहरु तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो । क्याम्पस, सम्पूर्ण प्राध्यापकहरु र कर्मचारीहरुबाट संकलन गरी सो रकम हस्तान्तरण गरिएको क्याम्पस प्रमुख महतोले नारायणी अनलाइनलाई बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>