भरतपुर
रंगशालामा महायज्ञः शनिवार हजारौं सहभागी, शुक्रबारसम्म १५ करोड बढि उठ्यो
०

चितवन,माघ २६-
चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा शनिवार हजारौं नागरिक उपस्थित भएका छन् । अन्य दिनको तुलनामा आज (शनिवार) धनधान्याचलमा सहभागी जनाउने र दान गर्नेहरुको भीड नै लागेको छ ।
शुक्रबारसम्म १५ करोड बढि आर्थिक संकलन भएको बाग्मती प्रदेशका सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए । उनले आजपनि विभिन्न संघसंस्था,टोलविकास,व्यक्तिबाट रंगशाला निर्माणका लागि करोडौं रुपैंया सहयोग हुनेक्रम रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























