चितवन विशेष

चितवनमा पाँचौ संस्करणको क्यान ईनफोटेक मेला, यस्ता छन् आकर्षण

Banner

चितवन,माघ २६-

कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा नारायणगढस्थित पुरानो तरकारी मण्डीमा शुक्रबारबाट प्रभु पे पाँचौ संस्करणको क्यान ईन्फोटेक मेला सुरु भएको छ । मेलाको एक कार्यक्रमका बीच बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री दुलालले अब हरेक सरकारी कार्यलयहरुमा सूचना प्रविधिलाई विस्तार गर्नु पर्ने बताउनुभयो । उहाँले प्रत्यक कार्यलयमा सुचना प्रबिधीको महत्वपूर्ण हुने भएकाले राज्यका सबै सरकारी निकायहरु प्रविधिमैत्री बनाउन बागमती प्रदेशले प्रकृया सुरु गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा नवलपुर जिल्ला हिसानका अध्यक्ष हरि भण्डारीले समाजलाइ परिवर्तन गर्नका लागी सरकारले सूचना प्रबिधिको विकासमा सरकार अग्रसर हुनु पर्ने बताउनुभयो । ५ दिनेसम्म चल्ने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइबर सुरक्षा, स्मार्ट टिभी, उच्च शिक्षा सम्बन्धी सेवा प्रदान गर्ने कलेज एवम् परामर्शदाताका ९० वटा स्टल रहेका छन् ।

मेला आईटी क्षेत्रको पछिल्लो विस्तार र ज्ञानलाई उजागर गर्न समेत केन्द्रित हुनेछ । संस्थाका उपाध्यक्ष दिलिपकुमार तामाङका अनुसार मेलामा विशेषत युवा पुस्ताहरुलाई केन्द्रित गरेर आईटी सम्बन्धी अन्तरक्रिया, रोवोटिक्स प्रर्दशनी, डिजिटल नेपाल प्रविधि प्रर्दशनी तथा प्रतियोगिता राखिएको छ ।

मेलामा जनचेतनामूलक कार्यक्रम तथा सेमिनार, टोल विकास संस्थाका प्रतिनिधिहलाई आईटी सम्बन्धी जानकारी मूलक कार्यक्रम समेत हुनेछन् । मेलामा जिल्लामा नै पहिलोपटक हृयाकाथुन आयोजना हुनेछ । मेलाले पर्यटन वर्ष २०२० लाई सहयोग गर्ने समेत बताईएको छ । संस्थाका अध्यक्ष सन्तोष भुषालको अध्यक्षतामा भएको कार्यक्रममा कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) बागमती प्रदेशका उपाध्यक्ष बिष्णु लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो । मेला ५ दिन सम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>