चितवन विशेष

चितवनको रोयल फर्निचरमा भीषण आगलागि, अझै आगो नियन्त्रण बाहिर

Banner

चितवन, माघ २५–

भरतपुर महानगरपालिका–५ नारायणपुरमा जीवन श्रेष्ठले सञ्चालन गर्नुभएको रोयल फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान करिब ४ः३० बजे विद्युत् चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

बिहानदेखि लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको उहाँले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसँगै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, दियालो बङ्गला आँपटारी र कावासोतीको गरी पाँच वटा दमकलले काम गरिरहेको कोइरालाले जानकारी दिनुभयो । आगो नियन्त्रणमा आउन नसकेकाले क्षतिको विवरण आउन नसकेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>