क्रिकेट

क्रिकेट रंगशाला महायज्ञमा आज एक करोड बढी संकलन

Banner

चितवन, माघ २२-

भरतपुरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा आज करिब एक करोड रुपैँया संकलन भएको छ ।

धनधान्याचल महोत्सवको चौथो दिन आज करिब एक करोड रुपैँया संकलन भएको मूल आयोजक समितिका महासचिव दिनेश चुकेले जानकारी दिए । धनधान्याचलमा आज भरतपुर महानगर प्रमुख मेयर रेनु दाहाल, नेपाली कांग्रेस चितवनका कोषाध्यक्ष शंकरप्रसाद कँडेल, प्रदेश सांसद विजय सुवेदीलगायतले आर्थिक सहयोग गरेको चुकेले जानकारी दिए ।

जारी धनधान्याचलमा आज भरतपुर महानगर प्रमुख रेनु दाहालले पाँच लाख रुपैँया घोषणा गरेकी छिन् । रंगशाला निर्माण सबैको दायित्व भएको भन्दै दाहालले आफ्नो व्यक्तिगत तर्फबाट पाँच लाख सहयोग घोषणा गरेकी हुन् ।

यस्तै नेपाली कांग्रेस चितवनका कोषाध्यक्ष शंकरप्रसाद कँडेलले पनि व्यक्तिगत तर्फबाट तीन लाख ५१ हजार १५१ रुपैयाँ सहयोग घोषणा गरेका छन् । उनले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने बताएका छन् । उता मुल आयोजक समितिका संयोजकसमेत रहेका प्रदेश सांसद विजय सुवेदीले व्यतिगत एक लाख ५१ हजार १११ रुपैँया सहयोग घोषणा गरेका छन् ।

जस्मिन पेन्ट्सका प्रवन्धक लक्ष्मण सुवेदीले धनधान्याचल मार्फत १५ लाख सहयोग घोषणा गरेका छन् । खरेल इलेक्ट्रोनिक्स सहिदचोकका प्रवन्धक तेजनारायण खरेल र श्रीमती खगिसरा खरेलले दुई लाख ११ हजार १११ रुपैँया सहयोग गरेका छन् । यस्तै आज विभिन्न सहकारी संस्था, आमा समूह, टोल सूधार समूह तथा व्यक्तिहरुले पनि आर्थिक सहयोग गरेका छन् । यस्तै आज तीन जनाले तुलादान गरेको र ४ जनाले नाम दर्ता गराएको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिइन् ।

धनधान्याचलमा आज चर्चित हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले आफ्नो प्रस्तति दिएका छन् । धनधान्याचलमा बिहीबार चर्चित हाँस्य कलाकार मनोज गजुरेल, केदार घिमिरे (माग्ने बुढा) लगायतको कलाकारहरु आउने आयोजकले जनाएको छ ।  रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गते देखि धनधान्याचल महोत्सव भइरहेको छ । महोत्सवमा पण्डित दिनबन्धु पोखरेल प्रमुख वाचकको रुपमा रहेका छन् । महोत्सव २६ गतेसम्म चल्नेछ । करिब तीन अर्बलागतमा दुई वर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>