चितवन विशेष

नारायणगढ–गोन्द्राङ सडकः हरियाली सहितको ६ लेन बनाइने

Banner

चितवन, माघ २२–

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढदेखि गोन्द्राङसम्मको सडकखण्डलाई विस्तार गर्ने तयारी सुरु भएको भएको छ । सो खण्डलाई बीचमा हरियाली सहितको ६ लेन बनाउन लागिएको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख कृष्णराज अधिकारीका अनुसार लामो दूरीमा चल्ने सवारीका लागि चार लेन र स्थानीय सवारीका लागि दुई लेन सहितको आकर्षक सडकको नक्साङ्कन गरिएको छ । बीचको तीन मिटरको डिभाइडरसहित ३९ मिटर फराकिलो कालोपत्र सडक बनाइनेछ ।

बोलपत्र आह्वानको तयारीमा जुटेको उनले जानकारी दिए । बहुवर्षीय योजनाका रुपमा सडक निर्माणका लागि अर्थ मन्त्रालयले रु एक अर्ब ९८ करोड ७५ लाख स्वीकृत गरिसकेको छ । २ वर्ष वा २८ महिना कुनै एक समय राखेर बोलपत्र आह्वान गर्ने तयारी गरिएको छ ।

भरतपुर महानगरप्रमुख रेनु दाहालले सो सडकलाई नमूना हरियाली सडकका रुपमा निर्माण गरिने जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>