क्रिकेट

चितवन प्रिमियर लिगः इलिमिनेटरमा भरतपुर र सौराहा भिड्ने

Banner

चितवन,माघ २२-

सिएसी चितवन प्रिमियर लिगको आज भएको अन्तिम खेलमा इच्छाकामना वारीयर्सलाई ३६ रनले हराउँदै सौराहा स्याण्ड्स इलिमिनेटरमा प्रवेश गरेको छ । सौराहाले लिगको दोस्रो स्थानमा रहेको भरतपुर गुर्खाजसंग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सौराहाले दिएको १४६ रनको लक्ष्य पक्षाएको इच्छाकामना निर्धारित ओभरमा १ सय ९ रनमा अल आउट हुन पुग्यो । इच्छाकामनाका लागि केशवजंग क्षेत्रीले २३ र गौतम केसीले १९ रन बनाए । अन्य व्याट्सम्यानले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सौराहाका लागि आकाश चन्दले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चदैं ३ विकेट लिए । यस्तै राजेश लम्सालले ४ ओभरमा २० रन खर्चदैं ३ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको सौराहाले ३ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । सौराहाका लागि राजेश ढकालले ५६ रनको अर्धसतकिय पारि खेले भने पवन थापाले ३७ रन र प्रशान्त महतले २६ रन बनाए ।  इच्छाकामनाका लागि अमरसिंह रौटेलाले ४ ओभरमा २१ रन खर्चदैं २ विकेट लिए । यस्तै लोकेश वम र दिनेश आचार्यले १/१ विकेट लिए । आज लिग चरणका खेल सकिएसंगै इच्छाकामना र माडी प्रतियोगिताबाट बाहिरिएका छन् ।

यसअघि आज सम्पन्न पहिलो खेलमा राप्ती ¥यापिड्सले माडी टाइगर्सलाई १ रनले पराजित गरेको छ । राप्तीले दिएको १ सय १ रनको लक्ष्य पक्षाएको माडी १५.५ ओभरमा सय रनमा अलआउट हुन पुग्यो । माडीका लागि खडक बोहोराले ३० र सुजन चापागाँईले २१ रन बनाए । राप्तीका लागि विशाल यादबले ३, आकाश थापाले २ र भिम सार्कीले २ विकेट लिए ।

१६ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै १ सय १ रन जोडेको थियो । राप्तीका लागि हरिबहादुर चौहानले २७, आकाश थापाले १३ रन बनाएका थिए ।

२५ गतेसम्म हुने प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ । यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।

प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालि चितवन रहेको छ । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>