चितवन विशेष
यी हुन चितवनका नयाँ एसपी नान्तीराज गुरूङ
०

काठमाडौं, माघ २१-
प्रहरी प्रधान कार्यालयले केही जिल्लाका प्रहरी प्रमुख सरूवा गरेको छ। चितवनमा एसपी नान्तीराज गुरूङलाई पठाइएको छ। यहाँ यसअघि एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो। पन्तलाई चितवन जान रमना नदिएर अहिले गुरूङलाई सरूवा गरिएको हो।
चितवनमा गत पुसदेखि एसपी रिक्त थियो। एसपी दानबहादुर मल्लको सरूवा भएको लामो समयदेखि यहाँ प्रहरी प्रधान कार्यालयले एसपी पठाउन सकेको थिएन। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वबडीगार्ड मल्लले सरूवा भएको १५ दिनसम्म चितवन छाडेका थिएनन् । उनलाई रमना लिएर चितवन छाड्न बागमती प्रदेश प्रहरी कार्यालयले २४ घण्टे अल्टिमेटम नै दिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























