चितवन विशेष
ग्रीनल्याण्ड स्कूलमा अन्तर विद्यालय बिज्ञान प्रदर्शनी
०

चितवन,माघ २०-
भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको रजत महोत्सवको अवसरमा जिल्ला स्तरीय अन्तर बिद्यालय बिज्ञान प्रदर्शनी सम्पन्न भएको छ । ग्रीनल्याण्ड स्कुल परिसरमा आज (सोमबार) सम्पन्न बिज्ञान प्रदर्शनी चितवन जिल्लाका १३ वटा बिद्यालय सहभागी भएका थिए । प्रदर्शनीमा नारायणी नारायणी नमुना उच्च मा.वि. प्रथम भएको छ । यस्तै डेजी स्कुल दोस्रो तथा लिटल फ्लावर स्कुल तेस्रो भएको कार्यक्रम संयोजक प्रदीप अधिकारीले जानकारी दिए ।
प्रथम दोस्रो र तेस्रो हुन सफल बिद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्याब्सन चितवनका अध्यक्ष टिकाराम चापागाई र ग्रीनल्याण्ड स्कुलकी प्राचर्य इन्दिरा कार्कीले पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रम स्कुलकी प्राचार्य इन्दिरा कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























