चितवन विशेष

धुर्मुसको चलचित्र अमेरिकी कम्पनीले किन्यो, मुनाफाको ५० प्रतिशत रंगशालालाई

०
Banner

चितवन, माघ २०

चितवनमा जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय  क्रिकेट रंगशाला निर्माण अभियानका लागि बनेको चलचित्र सेन्टी भाइरस अमेरिकाको कम्पनीले खरिद गरेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले आज जारी गरेको सूचनाअनुसार सुबिहानी फिल्मस्को व्यानरमा बनेको चलचित्रलाई अमेरिकाको नेप्सिने कम्पनीले खरिद गरेको हो । सेन्टी भाइरसको इन्टरनेसनल राइट्स नेपाली मूल्य एक करोड १५ लाख रुपैयाँ रहेको छ । रंगशाला निर्माण स्थलमा सुबिहानी फिल्मस्को तर्फबाट कलाकार सिताराम कट्टेल ( धुर्मुस ) र नेप्सिने कम्पनी नेपालका प्रमुख विधान कार्कीबीच चलचित्र खरिदबारे सम्झौता भएको थियो । यस चलचित्रको मुनाफाको ५० प्रतिशत रकम निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि दिइने घोषणा यसअघि नै भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>