चितवन विशेष
रंगशालामा प्रकाशन समितिको पहिलो बैठक

चितवन, माघ १९-
रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन धनधान्याचल महायज्ञको उद्घाटन भएसँगै आज प्रकाशन तथा स्मारिका अभिलेखीकरण समितिको बैठक बसेको छ ।
शिक्षाविद्ध रमाकान्त सापकोटाको अध्यक्षतामा बसेको बैँठकले हरेक नागरिकले दिएको दानलाई व्यवस्थित ढंगबाट अभिलेखीकरण गर्दै जाने निर्णय पनि गरेको छ । चन्दादाताको नामलाई सबैभन्दा पहिले फाराम र रजिस्टरमा अभिलेखिकरण गर्ने र महायज्ञको समापनसँगै प्रकाशन हुने स्मारिकामा सबैको नामलाई समावेश गर्दै जाने बैँठकले निर्णय गरेको छ । सापकोटाको संयोजकत्वमा गठित समितिमा साहित्यकारहरु केदारनाथ खनाल, डा. एकनारायण पौडेल, गोविन्दराज विनोदी, रमेश प्रभात, ईन्द्रप्रसाद रेग्मी, बालकृष्ण थपलिया, सिर्जन अविरल रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा सामाजिक अभियन्ता भक्तराज हमाल, प्राध्यापकहरु विनोदखण्ड तिमिल्सिना र मधुसूदन दवाडी रहेका छन् । महायज्ञ सकिएसँगै समितिले खेल, रचना संकलन गरी स्मारिका प्रकाशनको काम गर्ने संयोजक सापकोटाले बताए । बैठकमा सचिवालय सदस्य अमलकिरण ढकालको पनि उपस्थिति रहेको थियो ।
























