चितवन विशेष

निर्माणधिन रंगशालामा धनधान्याचलः १२ बजे हजारौंको शोभायात्रा निकालिदै

Banner

चितवन,माघ १९-

चितवनको रामपुरमा निर्माणाधिन क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन आजदेखि धनधान्याचल महोत्सव शुरु हुँदैछ । २६ गतेसम्म चल्ने धनधान्याचल महोत्सवको २२ बिधाका २२ जनाख्याती प्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गर्ने मुलआयोजक समिति संयोजक सांसद बिजय सुबेदीले जानकारी दिए ।

उद्घाटन समारोहलाई भव्य बनाउन मह जोडीको रुपमा चर्चित हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको बिशेष उपस्थिती रहने सुवेदीले बताए । मह जोडीले दीपप्रज्वलन गरेर उद्घाटन गर्न उनले बताए । उद्घाटन दिउँसो २ बजे हुनेछ ।
त्यस अघी बिहान झाँकीसहितको हजारौंको वृहत शोभायात्रा निकालिने उनले जानकारी दिए ।

बिहान ११ बजे मंगलपुर बजारबाट शुरु हुने शोभायात्रा गाबिसचोक हुँदै रंगशाला स्थित धनधान्याचलमहोत्सव परिसरमा पुग्ने उनले बताए । आफ्नो संघ संस्थाको ब्यानरसहित शोभायात्रामा उपस्थित हुने सुबेदीले सबैलाई आग्रह गरेका छन् । यसैबीच आजदेखी शुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>