चितवन विशेष

रंगशालामा धनधान्याचलः मह जोडीसहित २२ खेलाडीले उद्घाटन गर्ने

Banner

चितवन,माघ १९-

चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन आज (आइतबार) देखी धनधान्याचल महोत्सव शुरु हुँदैछ । २६ गतेसम्म चल्ने धनधान्याचल महोत्सवको २२ बिधाका २२ जनाख्याती प्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गर्ने मुलआयोजक समिति संयोजक सांसद बिजय सुबेदीले जानकारी दिए ।

उद्घाटन समारोहलाई भव्य बनाउन मह जोडीको रुपमा चर्चित हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको बिशेष उपस्थिती रहने सुवेदीले बताए । मह जोडीले दीपप्रज्वलन गरेर उद्घाटन गर्न उनले बताए । उद्घाटन दिउँसो २ बजे हुनेछ ।
त्यस अघी बिहान झाँकीसहितको वृहत शोभायात्रा निकालिने उनले जानकारी दिए । बिहान ११ बजे मंगलपुर बजारबाट शुरु हुने शोभायात्रा गाबिसचोक हुँदै रंगशाला स्थित धनधान्याचलमहोत्सव परिसरमा पुग्ने उनले बताए । आफ्नो संघ संस्थाको ब्यानरसहित शोभायात्रामा उपस्थित हुने सुबेदीले सबैलाई आग्रह गरेका छन् ।

यसैबीच आजदेखी शुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिएका छन् । जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको रंगशालालाई थपआर्थिक सहयोग जुटाउन र क्रिकेट रंगशाला निर्माणमा सबैलाई अपनत्व हुने गरी माहोल बनाउन महोत्सव आयोजना गर्न लागिएको हो । पण्डित दीनबन्धु पोखरेलबाट वाचनहुने श्रीमद्भागवत माहापुराणमा भजन किर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम समेत हुनेछ ।

महोत्सवलाई सफल पार्न १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न उपसिमित र २ सय ८३ सदस्यीय सचिवालय गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>