चितवन विशेष

फरार ठग माहाराज विरुद्ध पक्राउ पूर्जी जारी

Banner

चितवन,माघ १८-

आफूलाई विष्णु प्रपन्नाचार्य तथा बाल योगेश्वर बताउने धार्मिक प्रवचक विजय भण्डारीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ। ठगीको आरोपमा उनीविरुद्ध प्रक्राउ पूर्जी जारी भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

उनले विदेश पढाउने भन्दै केही व्यक्तिहरुलाई ठगी गरेको र उनले दिएको १२ लाखको चेक बाउन्स भएको बोगटीले बताए। उनी यसअघि पनि ठगीको आरोपमा १८ महिना जेल बसेका थिए। उनी चितवनको नारायणी नदी किनारमा केही दिनअघि एक महिनाका लागि आयोजना गरिएको महायज्ञ बीचमै छाडेर भागेका छन् ।

महायज्ञको उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन महायज्ञका मुख्य पुराण वाचक भण्डारी विवादित भएको थाहा पाएपछि फिर्ता भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>