चितवन विशेष
शरदपुर मावी भरतपुरको अध्यक्षमा कार्की सर्वसम्मत चयन
०

चितवन,माघ १८-
भरतपुर महानगरपालिका वडा नं. ८ शरदपुर माविको अध्यक्षमा धर्मबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । आज (शनिवार) सम्पन्न अभिभावक भेलाबाट उनि अध्यक्षमा चयन भएका हुन् । भरतपुर ८ गैरिगन्ज निवासी कार्की लामो समयदेखि शिक्षा र सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।
कार्कीले यसअघि २०६८ सालमा श्री मावि गौरिगन्जको अध्यक्ष बनेर काम गरेका छन् । यस्तै २०७१ सालमा शरदपुर माविको सर्वसम्मत अध्यक्ष बनेर काम गरेको अनुभव उनिसंग छ । २०६८ सालमा श्रीमावी व्यवस्थापन समितिको अध्यक्षमा कुशलतापूर्वक काम गरेको भन्दै तत्कालिन जिल्ला शिक्षा कार्यालयले सम्मान गरेको थियो । उनि सामाजिक सेवासंगै राजनीतिक क्षेत्रमा पनि क्रियाशिल छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























