खेलकुद

ग्रिनल्याण्ड फुटसलको उपाधि वाल्मीकिलाई

Banner

चितवन, माघ १५-

भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको रजत महोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि वाल्मीकि शिक्षा सदनले हात पारेको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा सनराइज बोर्डिङलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै वाल्मीकिले उपाधि उचालेको हो । विजेता बनेको वाल्मीकिले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै वाल्मीकिकै हिमाशु थापा प्रतियोगिता भरकै उत्कृष्ट खेलाडी बनेका छन् । विजेतालाई ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य इन्दिरा कार्कीले पुरस्कार वितरण गरेकी थिइन् । पुरस्कार वितरण गर्दै प्राचार्य कार्कीले विद्यार्थीलाई अध्ययन अध्यापनसँगै अतिरिक्त कृयाकलापहरुमा सहभागी गराउन सबै विद्यालयलाई जोड दिइन् । विद्यार्थीको रुचि अनुसारनै उनीहरुलाई अघि बढ्न दिनुपर्ने उनको भनाइ थियो । राजत महोत्सवअन्तर्गत बिहीबार श्रीपञ्चमी विशेष कार्यक्रम तथा सहिद दिवस १७ गते प्राथमिक तहको सांस्कृतिक कार्यक्रम, १९ गते जिल्लास्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता तथा २० गते जिल्लास्तरीय अन्तर विद्यालय विज्ञान प्रदर्शनी गरिने कार्कीले जानकारी दिइन् ।

यस्तै २१ गते निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाई आर्थिक सहयोग, २२ गते भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह तथा एल्मुनाइ एशोसियसन र अन्तिम दिन २५ औं वार्षिकोत्सव तथा रजत महोत्सव समारोह गरिने स्कुलले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>