चितवन विशेष

चितवनमा क्यान इन्फोटेक मेलाको तयारी तीव्र

Banner

चितवन, माघ १५-

चितवनमा माघ २४ गतेदेखि हुने पाँचौ संस्करणको क्यान इन्फोटेक मेलाको तयारी तीव्र भएको छ ।

नारायणगढको लायन्सचोकस्थित तरकारी बजार क्षेत्रमा हुने मेला पाँच दिनसम्म चल्ने छ । चितवनको सम्मृद्धि सूचना प्रविधि भन्ने नाराका साथ हुने मेलामा कम्प्युटर हाडवेयर, सफ्टवयेर, साइबर सुरक्षा, स्मार्ट टिभी, उच्च शिक्षासम्बन्धी सेवा प्रदान गर्ने कलेज एवम् परामर्शदाताका गरी ८१ वटा स्टल रहने छन् ।

क्यान चितवन शाखाले मेलाको तयारी तीव्ररुपमा गरिरहेको छ । क्यान चितवन शाखा अध्यक्ष सन्तोषजनक भुषालले देश भित्र नै बसेर सूचना प्रविधिको क्षेत्रमा भविश्य बनाउन चाहने युवा विद्यार्थीहरुको प्रतिभा देखाउने र प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए । मेलामा आईटीसम्बन्धी अन्तरक्रिया, डिजिटल नेपाल प्रविधि प्रर्दशनी तथा प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम तथा सेमिनार, रोबोटिक्स प्रर्दशनी, टोल विकास संस्थाका प्रतिनिधिलाई आईटी सचेतना कार्यक्रम राखिने छ ।

मेलामा जिल्लामा नै पहिलोपटक ह्याकाथुन आयोजना गरिने अध्यक्ष भुषालले जानकारी दिए । मेला सम्पन्न गर्न ४१ लाख खर्च लाग्ने र ४५ लाख ६० हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्यानले जनाएको छ । क्यान चितवनका निवर्तमान अध्यक्ष भानु शर्माले मेलाबाट नाफा भएको रकमबाट विद्यालयलाई कम्प्युटर तथा सूचना प्रविधिका सामग्रीहरु प्रदान गरिने जानकारी दिए ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>