खेलकुद
ग्रिनल्याण्ड फुटसल प्रतियोगितामा चार टोली सेमिफाइनलमा

चितवन, माघ १४ –
भरतपुर महानगरपालिका–१२ स्थित ग्रिनल्याण्ड पब्लिक स्कुलको रजत महोत्सवको अवसरमा जारी जिल्लास्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगितामा चार टोली सेमिफाइनलमा पुगेका छन् ।
जारी प्रतियोगितामा आयोजक ग्रिनल्याण्ड पब्लिक स्कुलसँगै सनराइज बोर्डिङ स्कुल, डेजी स्कुल र वाल्मीकि शिक्षा सदन सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा स्थान बनाउनका लागि ग्रिनल्याण्डले अर्किड स्कुललाई ४\० ले पराजित ग¥यो । आजै सम्पन्न अर्को खेलमा सनराइजले होली भिजनलाई ३\१ तथा डेजीले डन एकेडेमीलाई ६\० को फराकिलो अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएका छन् । यस्तै नारायणी पब्लिकविरुद्ध १०\० को फराकिलो जित निकाल्दै वाल्मीकिले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।
प्रतियोगिताअन्तर्गत फाइनल प्रवेशका लागि बुधबार ग्रिनल्याण्ड र सनराइज तथा डेजी र वाल्मीकि भिड्ने संयोजक कृष्ण कार्कीले जानकारी दिए । प्रतियोगिताको विजेताले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछ ।
























