चितवन विशेष

चितवनमा ६ जना एचआइभी सङ्क्रमितले सुरक्षित बच्चा जन्माए

Banner

चितवन,माघ १४-

जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १०६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् ।भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६४६ को परीक्षणका क्रममा ती नयाँ सङ्क्रमण भेटिएको हो । सङ्क्रमितमध्ये १०४ ले नियमित औषधि सेवन गर्दै आएका छन् । सङ्क्रमितको सङ्ख्या ९९१ पुगेको छ ।

सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार एचआइभी सङ्क्रमितलाई क्षयरोगबाट जोगाउन ७०२ लाई औषधि प्रदान गरिएको छ । गत वर्षमा छ सङ्क्रमितले सुरक्षित बच्चा जन्माएका छन् । गत वर्ष १३ सङ्क्रमितले औषधि सेवन गर्न छाडेको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>