मौसम

नेपाल पस्यो पश्चिमी वायु, ३ दिन बदली, वर्षा र हिमपात हुने

Banner

चितवन, माघ १४-

नेपालमा पानी पार्ने पश्चिमी वायु फेरि प्रवेश हुँदैछ । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन बदली, वर्षा र हिमपातको सम्भावना औंल्याएको छ ।

पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणालीका कारण अबका तीन दिन नेपालका विभिन्न भागमा भारी वर्षा र हिमपात हुने मौसमविद्ले जनाएका छन् ।

देशको पश्चिमी क्षेत्रमा बेलुकादेखि यसको प्रभाव शुरु हुने मौसमविद्ले जनाएका छन्

पश्चिम न्यून चापीय मौसमी प्रणाली भोलिदेखि भने देशको पश्चिमसँगै मध्य र पूर्वी भागसम्म फैलने छ । यसको फैलावटले भोलि हल्कादेखि सामान्य वर्षा हुने खतरा रहेको स्रोतले जनाएको छ ।

माघ १४ गते (मंगलबार)
दिउँसो– पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति– पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

माघ १५ गते (बुधबार)
दिउँसो–देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । अधिकांश स्थान र मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

राति– देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

बिहीबार साँझबाट भने मौसम सुधारिने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>