बलिउड/हलिउड

क्युट जोडी आलिया र रणवीर

Banner

मुम्बइ, माघ १४ मुम्बइ ।

पछिल्लो समय अभिनेत्री आलिया भट्ट र रणवीर कपुरको विवाहको चर्चाले मिडियामा प्रथामिकता पाएको छ ।

तर, यी दुबैले बिवाहको विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैनन् । तर, यी दुबैको विवाह यसै वर्ष हुने अनुमान गरिएको छ ।

दुबैले पहिलो पटक एकसाथ अभिनय गरेको फिल्म ‘ब्रह्मास्त्र’ हो । जसको सुटिङ चलिरहेको छ । फिल्म अभिनयको सिलसिलमा उनीहरु एकअर्काेको झन् नजिक भएका छन् ।

आलिया र रणवीर अभिनित फिल्म ‘ब्रह्मास्त्र’का निर्देशक अयान मुखर्जी हुन् । फिल्ममा अमिताभ बच्चनको पनि मुख्य भुमिका रहेको छ । फिल्ममा मौनी राय, नागार्जुन, डिम्पल कपाडिया, प्रतीक बब्बर समेतको अभिनय रहने छ । फिल्मको रिलिज यसै वर्ष हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>