चितवन विशेष

नारायणी किनारको कोटिहोम महायज्ञमा हवन सुरु

Banner

भरतपुर, माघ १३-

नारायणगढको नारायणी नदी किनारमा माघ ११ देखि सञ्चालन गरिएको कोटिहोम महायज्ञमा विधिपूर्वक हवन सुरु गरिएको छ ।

महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको १०८ हवन कुण्डमा सोमबारदेखि १०८ पण्डितहरुद्वारा हवन सुरु गरिएको हो । सो हवन कुण्डमा विभिन्न वनस्पतीसहित वैदिक मन्त्रद्वारा हवन सुरु गरिएको महायज्ञका प्रवक्ता दिलिप न्यौपानेले बताए । सो हवन कुण्डमा १०८ पण्डितले एक करोड २५ लाख मन्त्रद्वारा हवन गर्ने न्यौपानेले जानकारी दिए । सोमबार सो महायज्ञमा महायज्ञका सङ्कल्पकर्ता धर्मपाल वशिष्ठ गुरु तथा मूल पण्डित बालव्यास श्रवण न्यौपानेले कथा वाचन गरेका थिए ।

सोमबारको कार्यक्रममा विश्व हिन्दू महासंघ उपाध्यक्ष विष्णु रेग्मी, सामाजिक व्यक्तित्व द्रोणबाबु सिवाकोटीलगायतका व्यक्तिहरु सहभागी रहेका महायज्ञ मूल समितिका महासचिव समेत रहेका प्रवक्ता न्यौपानेले जानकारी दिए । सोमबार विशेष गरी कथासँगै विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएका थिए । फागुन ११ गतेसम्म सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ २०७६’ मा आर्थिक संकलन हुने क्रम समेत तीव्र रहेको न्यौपानेले बताए ।

महामयज्ञमा कथा श्रवणका लागि सोमबार एक हजार बढी मानिसहरु उपस्थित भएका न्यौपानेको भनाइ छ । महायज्ञको आम्दानीले जगतपुरको पशुपति मन्दिरलाई वृहत् धामको रुपमा विकास गरिने, चितवनमा आयुर्वेदिक शिक्षालयको स्थापना गरिने, क्यान्सर रोगबाट पीडित विपन्न परिवारका व्यक्तिहरुलाई सहयोग गर्नेलगायतका धार्मिक, शैक्षिक तथा सामाजिक काम गरिने छ । नेपालको इतिहासमा नै पहिलो पटक ठूलो महायज्ञको आयोजना गरिएको उल्लेख गर्दै न्यौपानेले यसले नेपाल भ्रमण वर्ष–२०२० लाई समेत टेवा पु¥याउने बताए । सो महायज्ञ सञ्चालनका लागि तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै महायज्ञका प्रवक्ता न्यौपानेले २५ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>