चितवन विशेष

सौराहामा गैँडामाथि मानिस चढ्न खोजेपछि…

Banner

नारायणी अनलाइन डेस्क

चितवन, माघ १३

चितवन राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण भनेको नै एक सिंगे गैँडा हो । नेपालकै एक महत्वपूर्ण पहिचानको रुपमा रहेको विश्वकै दुर्लभ एक सिंगे गैँडा हेर्न विश्वभरका मानिसहरु चितवन आउने गर्छन् । गैँडा हेर्नका लागि नै वार्षिकरुपमा हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु जंगल सफारीमा जाने गर्छन् । कहिलेकाहीँ खानाको खोजी गर्दै गैँडा मानवबस्तीमा प्रवेश गर्नु त बेग्लै कुरा हो तर आजभोलि सौराहामा गैँडामा चढ्ने र जिस्किने सम्मका क्रियाकलाहरु हुन थालेका छन् । गैँडामा चढ्नु र दुव्र्यवहार गर्नुले संरक्षणकर्मीहरुको भूमिका माथि नै प्रश्न चिन्ह लागेको छ ।

सामाजिक सञ्जाल र युट्युब च्यानलहरुमा अहिले गैँडामाथि चढेको दृश्यहरु सार्वजनिक भएका छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले यस्तो दुव्र्यवहारको घटनाले राम्रो सन्देश नदिएको बताए । उनले भने, ‘चितवनको मंगलपुर र मेघौँलीबाट उद्धार गरेर ल्याइएका दुईवटा भाले गैँडा त्यहाँ छोडिएको छ । ती गैँडाहरु मानिससँग परिचित भइसके । संरक्षणको प्रतिबद्धतासँगै त्यहाँ छाडिएको हो ।’ उनले यसलाई जंगलमा छोड्दा अन्य बयस्क भाले गैँडाहरुले आक्रमण गर्ने खतरा रहेकोले पनि त्यहाँ छाडिएको बताए ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले दुई गैँडाको संरक्षण र रेखदेख गर्न महेन्द्र प्रकृति संरक्षण कोषले मानिसहरु पनि खटाएको तर पनि मानिसहरुले गैँडालाई गर्ने व्यवहार नराम्रो भएको बताए । उनले भने, ‘गैँडामाथि चढेर फोटो खिच्नु विकृति नै हो ।’ पाँच, सात वर्षको यो गैँडाको खाग बल्ल निस्किँदै छ । राष्ट्रकै पहिचानमाथि यसरी जिस्किँदै चढ्नु पक्कै पनि दुर्भाग्यको विषय हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>