चितवन विशेष

भरतपुरको ईन्द्रपुरी महायज्ञमा ६ लाख संकलन

Banner

चितवन, माघ १२-

भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालले भरतपुरको ईन्द्रपुरीमा गरेको श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञान महायज्ञमा ६ लाख रुपैयाँ संकलन भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीमा रहेको प्रतिष्ठानको कुल मन्दिरमा सुरु भएको महायज्ञमा आइतबार मात्रै चार लाख १० हजार रुपैयाँ सङ्कलन भएको महायज्ञका संयोजक ओमप्रसाद पोखरेलले जानकारी दिए । आइतबार भरतपुर १४ का शिवप्रसाद पोखरेलले एक लाख ५१ हजार रुपैयाँका साथै कास्की पोखराका झम्कनाथ पोखरेलले ५० हजार रुपैयाँ तथा स्याङ्जाका फडीनारायण पोखरेलले ५० हजार रुपैयाँ प्रदान गरेका संयोजक पोखरेलले बताए ।

पोखरेलकाअनुसार महायज्ञ उद्घाटनका दिन शनिबार एक लाख ७६ हजार रुपैयाँ संकलन भएको थियो । महायज्ञमा दैनिक बिहान ११ बजेदेखि वाचन प्रविण दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन् । महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको महायज्ञ आर्थिक व्यवस्थापन समितिका संयोजक भीमप्रसाद पोखरेलले जानकारी दिए ।

महायज्ञबाट भएको आम्दानीले देवघाटमा प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणसहित भारद्वाज ऋषिको आश्रम र धार्मिक पुस्तकालय निर्माण गर्ने उद्देश्य रहेको छ । यसैगरी एम्बुलेन्स सञ्चालन, वंशावली निर्माण, टेलिफोन डायरी प्रकाशन र विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षय कोष स्थापना गरिने पनि संयोजक पोखरेलले जानकारी दिए । आगामी माघ १८ गतेसम्म सञ्चालन हुने महायज्ञमा तुलादान, भूमिदान, व्रतबन्ध, विवाह, चौरासी पूजा तथा ग्रह शान्तिसमेत गर्न सकिने प्रतिष्ठानका जिल्ला उपाध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिए । महायज्ञको उपवाचकको रुपमा आचार्य दुर्गाप्रसाद पोखरेल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>