चितवन विशेष

खेलाडी उत्पादन गर्न हरेक विद्यालयमा व्यवस्थित खेल मैदानः मन्त्री विश्वकर्मा

Banner

चितवन,माघ १०-

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले राष्ट्रलाई चाहिने खेलाडी उत्पादनका लागि विद्यालयका खेल मैदानहरु व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ । आज तनहुँको देवघाट स्थित कालिका माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले खेलमैदान व्यवस्थित नभएसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु तयार नहुने बताउनुभयो । उहाँले विद्यालयमा खेलकुदलाई बिशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले खेलकुदमा लाग्न हरेक विद्यालयले आफ्ना विद्यार्थीलाई प्रोत्साहन गर्नुपर्ने उहाँको जोड छ ।

खेल क्षेत्रको महत्व र सम्भावना बुझेर सरकारले शिक्षा मन्त्रालय मार्फत हरेक विद्यालयमा एक जना खेल शिक्षकको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । ‘खेल क्षेत्रलाई चाहिने प्रतिभाहरु जन्मने थलो भनेको हाम्रा विद्यालय र गाँउ घरका खेल मैदानहरु हुन्,उहाँले भन्नुभयो’,त्यसमा मन्त्रालयको ध्यान केन्द्रित भएको छ ।’

सरकारले सबै नागरिकको घर आगनमा सुख र संमृद्धी पु¥याउनेगरी काम गरिरहेको मन्त्री विश्वकर्माले बताउनुभयो । ‘हामीले जवसम्म खेल क्षेत्रमा प्रगती हाँसिल गर्देनौं तवसम्म तपाई हामीले गरेका परिकल्पना सार्थक हुँदैनन्, उहाँले भन्नुभयो । पछिल्लो समय नेपालको खेलकुद क्षेत्रमा प्रसस्त सम्भावना देखिएको उहाँले बताउनुभयो । खेल क्षेत्रबाट जिविकोपार्जन हुने अवस्था आएको छ, सरकारको प्राथमिकतामा पनि खेल क्षेत्र नै छ ,मन्त्री विश्वकर्माले भन्नुभयो ।

खेलकुद हुने खानेको मनोरन्जनको साधन मात्रै नभई मनव जिवनको अपरिहार्य चिज भएको बताउनुभयो । स्वास्थका हिसाबले पनि खेलकुदको महत्व उत्तिकै रहेको मन्त्री विश्वकर्माको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>