चितवन विशेष
भरतपुरमा अटोको ठक्करबाट पाँच वर्षिय बालकको मृत्यु
०

चितवन माघ १०-
चितवनको भरतपुरमा आज दिउसो अटोको ठक्करबाट पाँच बर्षिय बालकको मृत्यु भएको छ । पर्साढापबाट गोलाघाट तर्फ जादै गरेको लु १ स ७७३० नम्बरको तरकारी बोक्ने अटोले भरतपुर महानगरपालिका २८ जागीटोलमा आफ्नै बुबासंग हिडिरहेका पाँच बर्षिय मनिस कुमाललाई ठक्कर दिएको हो । ठक्करबाट घाइते उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अटो र चालक प्रहरी नियन्त्रणमा छन् । शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























