चितवन विशेष
बेल्जियमकी राजकुमारी एस्ट्रिडको भरतपुरमा भव्य स्वागत (फोटो फिचर)

चितवन,माघ ८-
बेल्जियमका राजकुमारी एस्ट्रिड भरतपुर आइपुगेकी छन् । चितवन र नवलपुरको भ्रमणमा आएकी उनलाई भरतपुर महानगरले विमानस्थलमा पन्चेवाजा सहित स्वागत गरेको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहाले उनलाई स्वागत गरेका थिए । नेपालमा भएको स्वागतले आफुलाई खुसी लागेको उनले प्रतिकृया दिइन् ।

आजै कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पताल क्षयरोग पोषण केन्द्रको राजकुमारी र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । श्रीमान सहित आएकी उनि दुई दिनसम्म चितवन राष्ट्रिय निकुन्ज घुम्ने छिन् । उनी एकहप्ता लामो भ्रमणका क्रममा नेपाल आएकी हुन् ।
सरकारले यस भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बलियो हुने र सहकार्य थप विस्तार हुने आशा राखेको छ । आफ्नो भ्रमण पूरा गरी राजकुमारी माघ ११ गते शनिबार फर्कनेछिन् ।

























