मकवानपुर

मकवानपुर दामनको रिसोर्टमा सुतेका एक भारतीयको मृत्यु, सात जना अचेत

Banner

काठमाडौं, माघ ७-

मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा सुतेका एक भारतीय नागरिकको मृत्यु भएको छ भने सात जना बेहोस भएका छन । थाहा नगरपालिका ४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए।

‘एक जनाको मृत्यु भइसकेको छ। पाँच जनालाई उपचारका लागि काठमाडौं लगिएको छ,’ प्रहरी निरीक्षक ललन कुर्मीले भने।मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले उनीहरू ग्यास हिटर बालेर सुतेको र भेन्टिलेसन पनि नभएकाले निसास्सिएको बताए।

१५ जनाको समूहमा गएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए। एक कोठामा ८ र अर्कोमा ७ जना सुतेका थिए। अर्को कोठामा रहेका भारतीयलाई भने केही भएको छैन।

काठमाडौं ल्याइएका पाँच जनाको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>