चितवन विशेष

अनेरास्ववियू चितवनको संयोजकमा प्रकाश आचार्य

Banner

चितवन, माघ ५-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) जिल्ला कमिटी चितवनको संयोजकमा प्रकाश आचार्य चयन भएका छन् । काठमाडौँमा गत पुस २७ र २८ मा बसेको एकता पछिको पहिलो बैठकले सर्वसम्मत निर्णयबाट अनेरास्ववियू चितवनको संयोजकमा आचार्य र सहसंयोजकमा वसन्त आचार्य चयन गरेको हो ।

प्रकाश तत्कालिन एमाले निकटको अनेरास्ववियूका जिल्ला सचिव तथा वसन्त तत्कालिकान माओवादीको अनेरास्ववियु (क्रान्तिकारीका)का जिल्ला अध्यक्ष हुन् । प्रकाश नेकपा भरतपुर महानगर वडा नम्बर ११ का वडाअध्यक्ष समेत हुन् ।

उनले भरतपुरको सप्तगण्डकी बहुमुखी क्यापसबाट विद्यार्थी राजनीति शुरु गरेका थिए । क्याम्पस कमिटी सदस्य, सचिव र अध्यक्षसमेत भइसकेका आचार्य विद्यार्थी राजनीतिमा कुशल र लोकप्रिय नेताका रुपमा परिचित छन् । उनले दुई वटा विषयमा स्नातकोत्तर गरेका छन् ।
आफ्नो कार्यकाल समाप्त भएपछि देवप्रसाद पाठकले नेतृत्व हस्तान्तरण गर्ने बेलामा पनि उनलाई सम्मेलन आयोजक कमिटीको संयोजक बन्न प्रस्ताव आएको थियो । तर उनले २०७४ पुस २८ गतेको भेलामा आफैले प्रस्ताव गरी धिपन भण्डारीलाई संयोजक बनाएका थिए । त्यो कमिटीको सचिव भएर पनि उनले दुई वर्षे कार्यकाल सम्पन्न गरेका थिए ।

स्थानीय निर्वाचनमा काँग्रेस र माओवादीको भन्दा दोब्बर मतले आफ्नो अध्यक्षलाई जिताउन सफल आचार्य २०७४ श्रावण २२ गतेदेखि साबिक नेकपा एमाले वडा न ११ को पार्टी अध्यक्ष पदमा रही काम गरेका थिए । भरतपुर ११ महानगरको सबैभन्दा धेरै जनसङख्या भएको वडा हो ।

उनले वडाअध्यक्ष सम्हालेको चार महिनामा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको अत्याधिक मतले विजय गराउन खेलेको भूमिकाको पार्टी जिल्ला कमिटीले उच्च मुल्याङ्कन गर्दै नेपाल कम्यिुनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीले उनलाई नेकपा वडा न ११ को पार्टी अध्यक्ष सर्वसम्मत गराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>