चितवन विशेष

चितवनमा महिला उद्यमशिलताबारे अन्तरक्रिया

Banner

चितवन, माघ ५-

चितवनको उद्योग वाणिज्य संघको सभाहलमा आज एक दिने महिला उद्यमशिलता विकास एवम् आर्थिक साक्षरता विषयक अन्तरक्रिया भएको छ ।

उद्योग वाणिज्य संघ–चितवन र आर्थिक अभियान राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले महिला उद्यमशिलता विकास, महिला सशक्तिकरण र महिला उद्यमीद्वारा उत्पादित वस्ुत तथा सेवाको प्रवद्र्धनमा कुनै कमी नराख्ने बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य संघ चितवनले निकट भविष्यमा आयोजना गर्न लागेको योजना तर्जुमा गोष्ठीमा महिला उद्यमीसँग सम्बन्धित कार्यक्रमहरु तय गरिने भएकोले महिला उद्यमीका लागि आवश्यक कार्यक्रम भएमा उद्योग वाणिज्य संघ–चितवनको कार्यक्रम शाखामा सम्पर्क गर्नका लागि अनुरोध गरे ।
उपस्थित प्रमुख अतिथि, अतिथिलगायतलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले महिला सशक्तिकरणका लागि आयआर्जन आवश्यकता पर्ने बताउँदै उद्यमशिलता विकास यसको निर्विकल्प रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मुनाकुमारी श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनले गर्ने विविध कार्यक्रममा जिल्ला समन्वय समिति चितवनको सदैव सहयोग रहँदै आएको र आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले महिलाले उत्पानशिलता र उत्पादकत्व वृद्धिमा जोडदिनुपर्ने औंल्याए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले उद्यमशिलता विकासका लागि महिलाहरु जोखिम बहन गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गरिसकेको अवगत गराउँदै अबको उद्यमशिलता अझ बढी परिस्कृत र प्रतिस्पर्धी हूनुपर्ने बताए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालय चितवनका प्रमुख रमेशकुमार कर्माचार्यले महिलाको नाममा व्यवसाय दर्ता गर्दा सरकारबाट गरेका सेवा, सुविधा र छुटका बारेमा प्रष्ट पार्दै उद्योग वाणिज्य संघका गतिविधिमा आफ्नो कार्यालयले विगतका दिनहरुमा झैं सहकार्य गर्ने बचनबद्धता ब्यक्त गरे । आर्थिक अभियान पत्रिकाको सहकार्यमा भएको उक्त कार्यक्रममा पत्रिकाका वरिष्ठ सहसम्पादक टीपी भुसाल र बजार प्रबन्धक बालसिंह पोख्रेलले सहजीकरण गरेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिए ।

चितवन जिल्लाका विभिन्न स्थानका करिब १०० जना महिला उद्यमीको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागी महिला उद्यमीहरुले व्यवसाय प्रवद्र्धन, उद्यमशिलता विकास, व्यवसाय दर्ता प्रक्रियालगायतका विषयमा सवाल गरेका थिए । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमी, चितवन कोसेलीघर सञ्चालक समितिका अध्यक्ष रजनी मास्केको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय बैँक तथा वित्तिय संस्थाका प्रमुख, उवासंघ–चितवनका कार्यसमिति सदस्य, पत्रकारलगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा दि विजनेस ऐजले प्रदान गर्ने वेष्ट आन्टरपर्नर अवार्ड २०२० का बारेमा समेत जानकारी गराइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>