चितवन विशेष

विद्यालयलाई होटल पार्क इनको स्टेशनरी र डस्बिन सहयोग

Banner

चितवन, माघ ३–

पूर्वीचितवनको रत्ननगरमा रहेको राष्ट्रिय आधारभुत विद्यालय देवौलीलाई आज (शुक्रबार) स्टेशनरी सामग्री तथा डस्विन वितरण गरिएको छ ।

होटल पार्क इन सौराहाको व्यवस्थापनमा तीन जना चिनियाँ स्वंमसेविकाले डस्बिन सहयोग गरेका हुन् । टन्ची, भिनिङ र युयीले विद्यालयलाई सो डस्बिन हस्तान्तरण गरे । यस्तै होटल पार्क इनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको छ । होटेलका संचालक दिपेश चौधरीले स्टेशनरी हस्तान्तरण गरे ।

सो कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रमेशचन्द्र आचार्यले चिनियाँ स्वंमसेवक र होटल पार्कइनको सहयोगले विद्यालयलाई हौसला प्रदान गरेको बताए । उनले आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखे ।

सो क्रममा बोल्दै होटल पार्क इनका संचालका दिपेश चौधरीले विद्यार्थीहरुलाई पढ्नका लागि सहयोग मिलोस् भन्ने उद्देश्यले स्टेशनरी सहयोग गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>