चितवन विशेष
मकर संक्रान्ति मेलामा बढी भाडा नलिन चितवन ट्राफिकको निर्देशन

चितवन, पुस २९-
माघे सक्रान्ति पर्व–२०७६ को अवसरमा देवघाट तीर्थस्थलमा आवत जावत गर्ने यात्रुले तोकिएको भन्दा बढी भाडा नतिर्न चितवन ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
त्यसैगरी सार्वजनिक सवारीका चालक तथा सहचालकलाई पनि तोकिएको भन्दा बढी भाडा नलिन प्रहरीले निर्देशन दिएको छ । तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा सवारी नियम बमोजिम आवश्यक कारबाही गरिने व्यहोरासमेत जानकारी गराइएको छ । देवघाट आँपटारी हुँदै पोखरा बसपार्क सम्म ६ किमीको २० रुपैयाँ, देवघाट आँपटारी हुँदै पुलचोक सम्म २५ रुपैयाँ, पोखरा बसपार्क रामनगर हुँदै देवघाटसम्म (ग्रावेल बाटो) ११ किमी ४० रुपैयाँ तोकिएको छ । त्यस्तै पोखरा बसपार्क, रामनगर, दासढुंगा हुँदै देवघाट पारी सम्म १९ किमीको ५० रुपैयाँ र देवघाट पारि सम्म २१ किमीको ६० रुपैयाँ कायम गरिएको थियो । यदि कसैले बढी भाडा लिएमा ट्राफिक प्रहरीको सम्पर्क नम्बर १०३, ०५६–५२४८९९ र ९८५५०९०१०० मा फोन गर्न सकिने प्रहरीले जनाएको छ ।
























