चितवन विशेष

भरतपुरमा चितवन रोटरीको न्यानो कपडा वितरण

Banner

चितवन, पुस २८-

रोटरी क्लब अफ चितवनले आइतबार हिमालय आधारभूत विद्यालय भरतपुर जागृति चोकमा जाडोको न्यानो कपडा वितरण गरेको छ ।

रोटरी क्लब अफ चितवनका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले रोटरी क्लबको यो पुण्यकार्यको लागि विशेष धन्यवाद दिँदै रोटरीले समाजमा विभिन्न खालका सहयोगहरु गर्दै आएको बताए । त्यसैगरी कार्यक्रमका अध्यक्ष पौडेलले स्वार्थ भन्दामाथि सेवा भन्ने मूल नारा लिएर अघि बढेको अन्तर्राष्ट्रिय संस्था रहेको बताए । यो अन्तर्राष्टिय संस्था भइकन पनि यसमा बाहिरबाट कुनै स्रोत नआउने हामी रोटेरियनहरुले नै धेरै थोरै गरेर समाज परिर्वतनको लागि जम्मा गरी अगाडि बढेको बताए ।

त्यसैगरी कार्यक्रममा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर केसी, प्रधानाध्यापक नरेन्द्र खड्का, रोटरी क्लब अफ चितवनका निर्वाचित अध्यक्ष रोशन पिया, विशिष्ट अतिथिको रुपमा रहेका थिए । उक्त विद्यालयमा अध्ययन गर्ने कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका करिब १५० जना विद्यार्थीलाई स्विटर वितरण गरिएको थियो । रोटरी क्लब अफ चितवनबाट निर्वाचित अध्यक्ष रोशन पिया, कोषाध्यक्ष रामप्रसाद सुवेदी, सर्जेन्ट एर्ट आर्म लेखराज पन्त, सम्पादक विश्वबन्धु अधिकारी तथा पूर्वअध्यक्ष शरद गोपाल न्याछ्यौंको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>