मकवानपुर

मकवानपुरमा बुद्धचित्त र रुद्राक्षको मालासहित ३ जना पक्राउ

Banner

हेटौंडा,पुस २८-

मकवानपुरको मनहरीबाट रुद्राक्ष र बुद्धचित्तको माला तथा दानासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे जिल्लाको साविक तिमाल गाविस २ का ४२ वर्षीय जगत लामा तामाङ र तेमाल ६ का ४८ वर्षीय सूर्यमान तामाङ रहेका छन् ।

उनीहरुको साथबाट १ हजार ७ सय ७० थान बुद्ध चित्तको माला, २५ किलो बुद्धचित्तको दाना र १ सय ४४ थान रुद्राक्षको माला बरामद भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बरको जीप मनहरी गाउँपालिका ७ मनहरीमा आइतबार चेकजाँच गर्ने क्रममा उक्त सामानसहित उनीहरु पक्राउ परेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>